सोमबार पनि सार्वजनिक बिदा

लोकपथ
1.3k
Shares

काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक) मा पनि सार्वजनिक बिदा दिने भएको छ ।

त्यस दिन छठ पर्व परेको भन्दै सरकारले बिदा दिएको हो । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमार्फत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?