सुदूरपश्चिमले काठमाण्डूलाई दियो १२६ रनको लक्ष्य

लोकपथ
14
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डू गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइन ६ रन र विनोद भण्डारी १ रनमा आउट भए । त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता नै खोल्न सकेनन् । उनीहरू दुवैलाई काठमाण्डूका बलर सन्तोष यादवले आउट गरे ।

त्यसपछि कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे । आरिफ १६ रन बनाएर रनआउट भए । उनले २५ बल खेलेका थिए ।

कप्तान ऐरीले भने अर्धशतक पूरा गर्दै ६० रन बनाए । यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए ।

काठमाण्डूका लागि जहानदाद खानले सर्वाधिक ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?