बिनिता गुरुङ बनिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’

लोकपथ
0
Shares

काठमाडौं । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि बिनिता गुरुङले जितेकी छन् । प्रतियोगिताको छैटौँ संस्करणअन्तर्गत भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भएको ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १६ की गुरुङ विजेता बनेकी हुन् ।

विजेता गुरुङलाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न, अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तले ताज तथा स्यासे प्रदान गरेका थिए । अब गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा प्रतियोगी नम्बर ११ की शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’ र प्रतियोगी नम्बर २० की क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ को उपाधि जितिन् । त्यस्तै, प्रतियोगी नम्बर ४ की रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’ को उपाधि हात पारिन् ।

प्रतियोगितामा नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप घोषित भए ।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, सन् २०२४ की विजेता डा। डेलिना कार्की, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नेपाल प्रहरीकी पूर्व एआईजी मिरा चौधरी र सिप्रदी अटोपार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी थिए ।

निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र प्रस्तुतिका आधारमा विजेता छनोट गरेका थिए ।

रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षतामा आयोजित प्रतियोगितालाई कोरियोग्राफर अश्विनीकान्त झा र निर्देशक शिला बास्तोलाले नेतृत्व गरेका थिए ।

आयोजकका अनुसार विवाहित महिलाहरूमा लुकेको प्रतिभा र क्षमता बाहिर ल्याउनुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन अवसर दिन प्रतियोगिता आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?