काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक म्युचुअल फण्डको इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्री गर्न लागेको हो । यस योजनामा कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन हुनेछ ।
कुल निष्काशनमध्ये १ करोड ५० लाख इकाई अर्थात् १५ प्रतिशत सिटिजन्स बैंकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताले खरिद गर्न सक्नेछन् ।
यस योजनामा लगानी गर्न इच्छुक व्यक्तिले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने समय मंसिर १६ गतेसम्म थपिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १ हजार रुपैयाँ र अधिकतम १० करोड रुपैयाँसम्म आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया