गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित

लोकपथ
0
Shares

काठमाडौं । गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको हाल कायम चुक्ता पूँजीका आधारमा प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पनि स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको बैंकले जनाएको छ ।

बैंकको हालको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।

आइएसओ ९००१:२०१५ र आइएसओ २७००१:२०२२ मान्यता प्राप्त गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवासमेत विस्तार गर्दै सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?