दुई महिनामै नेपाल भित्रियो ९ अर्ब ७४ करोडको स्मार्टफोन

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए । यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको छ ।

गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा स्मार्टफोन आयात करिब ७५ हजार थानले घटेको छ । तर, आयात मूल्य भने ८६ करोड ७७ लाख रुपैयाँले बढेको छ ।

यसले नेपालमा आयात हुने स्मार्टफोनको औसत मूल्य बढेको देखाउँछ । गत आवको पहिलो दुई महिनामा प्रतिथान स्मार्टफोनको औसत आयात मूल्य करिब १७ हजार ७५२ रुपैयाँ थियो । चालु आवको सोही अवधिमा यस्तो औसत मूल्य बढेर करिब २२ हजार ९२६ रुपैयाँ पुगेको छ ।

अर्थात्, स्मार्टफोनको आयात संख्या घटे पनि नेपाल भित्रिने फोनको औसत मूल्य बढेकाले समग्र आयात रकम बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?