सेयर बजार फेरि घट्यो, नेप्से ६.३८ अंकले ओरालो

लोकपथ
0
Shares

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा पुनः गिरावट आएको छ । सोमबार र मंगलबारको उतारचढावपछि नेप्से परिसूचक आज ६.३८ अंकले घटेर २ हजार ५७२ दशमलव ३४ बिन्दुमा झरेको हो ।

मंगलबार नेप्से ११.९६ अंकले बढेको थियो । तर, बुधबार भने बजारले सो वृद्धि टिकाउन सकेन ।

आज वाणिज्य बैंक समूहबाहेक सबै १२ वटा समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.३८ प्रतिशतले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये १६७ वटाको सेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम र कारोबार भएको सेयर कित्तामा भने सुधार देखिएको छ । बुधबार ३५९ वटा कम्पनीका १ करोड ३ लाख ६८ हजार ८८८ कित्ता सेयर ३ अर्ब ४७ करोड ८० लाख ८० हजार रुपैयाँमा किनबेच भएका छन् ।

यसअघि मंगलबार ३५९ वटा कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर ३ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको थियो ।

यसरी हेर्दा नेप्सेमा गिरावट आए पनि बुधबार कारोबार रकममा करिब ३५ करोड रुपैयाँले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?