मोहन आचार्यद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रसुवाबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आचार्यले मंगलबार केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

आचार्य यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । विशेष महाधिवेशनबाट समेत उनी केन्द्रीय सदस्य बनेका थिए ।

आचार्य यसअघि चारपटक महाधिवेशन प्रतिनिधि र तीनपटक महासमिति सदस्य भइसकेका छन् ।

रसुवा क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित आचार्यले २०८२ सालको निर्वाचनमा १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका थिए । उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समेत रसुवाबाट निर्वाचित भएका थिए ।

आचार्यको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघमार्फत अघि बढेको हो । महासमिति सदस्य हुँदै उनी कांग्रेसको केन्द्रीय राजनीतिमा पुगेका हुन् ।

संसदमा रहँदा उनले सार्वजनिक लेखा समितिको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?