गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको छ ।

सभापतिमा सर्वसम्मतको प्रयास भइरहेको थियो । तर अन्य उम्मेदवारहरुले समेत उम्मेदवारी दर्ता गराएपछि अब सभापतिमा पनि प्रतिष्पर्धा हुनेछ ।

गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?