काठमाडौं । मंगलबार दिउँसो काठमाडौं उपत्यकामा एक्कासी असिनासहितको भारी वर्षा भएपछि केही समय जनजीवन प्रभावित भएको छ ।
केही समयसम्म निरन्तर परेको भारी वर्षाका कारण उपत्यकाका मुख्य सडक तथा तल्लो भेगमा पानी जमेको छ। सडकमा पानीको बहाव बढेपछि सवारी साधनको आवतजावतमा समेत कठिनाइ भएको छ ।
अचानक भएको भीषण वर्षाका कारण काठमाडौंका विभिन्न सडक खण्डमा पानी जम्दा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । केही स्थानमा ढल निकास प्रभावकारी नहुँदा सडक जलमग्न बनेको हो ।
वर्षाका कारण सडकमा पानीको सतह बढेका स्थानमा ट्राफिक प्रहरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीले चालकहरूलाई सवारी साधनको गति नियन्त्रणमा राखेर सावधानीपूर्वक यात्रा गर्नसमेत अनुरोध गरेको छ ।
भारी वर्षा केही समयपछि रोकिए पनि सडकमा जमेको पानीका कारण केही स्थानमा आवतजावत प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया