दशैँ–तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

लोकपथ
0
Shares

काठमाडौं । दशैँ तथा तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

यातायात विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच बसेको संयुक्त बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो । यससँगै चाडपर्व अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र र बाहिरिने सडकमा हुने सवारी जामलाई कम गर्न पनि केही सवारी साधनको आवतजावतमा रोक लगाइने भएको छ । अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारी साधनलाई काठमाडौं आवतजावतमा रोक लगाउने निर्णय भएको हो ।

खाद्यान्न, औषधि, इन्धन, दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधन भने यो रोकबाट प्रभावित हुने छैनन् ।

दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ नखुलेका कारण यात्रुहरू अन्योलमा थिए । असोज २३ गतेदेखि टिकट बुकिङ खुल्ने भएपछि लामो दूरीका यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?