‘राजनीति केवल पद प्राप्त गर्ने माध्यम मात्र होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमको रूपमा मात्रै हेर्न नहुने बताएकी छन् । 

आइतबार काठमाडौंमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी विचार संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारीको रूपमा हेरिनुपर्ने उल्लेख गरिन् ।

विगतमा राजनीतिक दल र नेताहरूले गरेको संघर्ष र अनुभवबाट यो कुराको पुष्टि भइसकेको उनको भनाइ छ । उनले नयाँ पुस्तामा राजनीति र नेतृत्वको सार्वजनिक जीवनप्रति चासोसँगै विभिन्न प्रश्न र असन्तुष्टि समेत देखिएको बताइन् । 

उनले नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको महत्त्वपूर्ण आवश्यकता भएको पनि बताइन् । “पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प होइन । दुई पुस्ताको अनुभव र ऊर्जाबीचको उचित संयोजनबाट नै राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिन्छ,” उनले भनिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?