कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ : महामन्त्री घिमिरे

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन् ।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर नयाँ चरणमा प्रवेश गर्ने बताए ।

‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने ।

महामन्त्री घिमिरेले मुलुकलाई स्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम ल्याइने बताए। बदलिँदो परिस्थितिअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको सपना साकार पार्न काम गर्नुपर्ने बताए ।

‘बीपी कोइरालाको सपना सार्थक बनाउनु छ। देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,’ घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?