काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन् । महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, संगठनात्मक तथा नीतिगत दिशाबारे समेत छलफल गर्नेछ ।
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएका थिए । थापा नेतृत्वले पार्टी विधानअनुसार नियमित महाधिवेशन आयोजना गरेको हो ।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा निर्वाचन हुनेछ । कांग्रेसको आगामी नेतृत्वका लागि नेताहरूबीच प्रतिस्पर्धा हुने भएकाले १५औँ महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया