एभरेष्ट बैंकका कार्डवाहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । एभरेष्ट बैंक र भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) बीच ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले मेदान्त अस्पतालका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

यो सुविधा नयाँ दिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्तका १३ शाखामा लागू हुनेछ ।

बैंकका अनुसार छुट ओपीडी सेवाअन्तर्गत डाक्टरको परामर्श, प्रयोगशाला तथा रेडियोलोजी सेवा, आईपीडी सेवाअन्तर्गत बेड भाडा, प्रयोगशाला तथा रेडियोलोजी सेवा र मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ ।

छुट पाउन अस्पतालको बिल एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ । अस्पतालमा उपलब्ध सेवामा मात्र यो छुट लागू हुने बैंकले जनाएको छ ।

बैंकले सम्झौताले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सहयोग पुग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?