दशैँ–तिहारमा इनड्राइभको उपहार योजना, ६ वटा सुनका सिक्कासहित २४ उपहार

लोकपथ
0
Shares

काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘सुनको सवारी’ नामक चाडपर्व अभियान सुरु गरेको छ ।

अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुने अभियानमा इनड्राइभमार्फत राइड पूरा गर्ने यात्रुले सुनका सिक्कादेखि स्मार्ट टिभी र स्मार्टवाचसम्मका उपहार जित्ने अवसर पाउनेछन् ।

अभियानमा एक हप्तामा ५ वा सोभन्दा बढी राइड पूरा गर्ने यात्रु ५ ग्राम सुनको सिक्का जित्ने लक्की ड्रमा सहभागी हुन सक्नेछन् । त्यस्तै, ३ वा सोभन्दा बढी राइड पूरा गर्नेले ३२ इन्चको सामसुङ स्मार्ट टिभी तथा कम्तीमा एक राइड पूरा गर्नेले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

छ हप्तासम्म चल्ने अभियानमा इनड्राइभले ६ वटा ५ ग्रामका सुनका सिक्का, ६ वटा ३२ इन्चका सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच वितरण गर्ने जनाएको छ ।

कम्पनीका अनुसार दशैँ–तिहारमा किनमेल, आफन्तसँग भेटघाट तथा अन्य चाडपर्वका गतिविधिका कारण यात्राको आवश्यकता बढ्ने भएकाले नियमित यात्रालाई थप रमाइलो बनाउन अभियान ल्याइएको हो ।

इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले चाडपर्वको यात्रालाई थप रमाइलो र विशेष बनाउन अभियान सञ्चालन गरिएको बताइन् ।

अभियान अवधिभर विजेताको घोषणा इनड्राइभका सामाजिक सञ्जालमार्फत गरिनेछ । साथै, डिजिटल सामग्री तथा इन्फ्लुएन्सरमार्फत अभियानको प्रचार गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?