काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मेयराज पौडेललाई महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ ।
महासंघले लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो ।
महासंघका अनुसार पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताले यातायात तथा पारवहन क्षेत्रका समस्या समाधान गर्न तथा व्यापार सहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, महासंघका कार्यक्रमलाई थप प्रभावकारी बनाउन पनि पौडेलको भूमिका महत्वपूर्ण हुने महासंघले जनाएको छ ।
समितिको कामलाई प्रभावकारी, परिणाममुखी र व्यवसायीमैत्री बनाउन पौडेलको सक्रिय भूमिका र रचनात्मक सुझावको अपेक्षा गरिएको महासंघले जनाएको छ ।
महासंघले पौडेललाई सफल कार्यकालको शुभकामना समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया