काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेस भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधेयक सदनमा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्न अनुमति माग्दै मन्त्री लम्सालले राखेको प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक पेश गर्न अनुमति दिएका थिए ।
विधेयक पेस गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी थप स्पष्ट पार्न आवश्यक रहेको बताए ।
उनले तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न विधेयक आवश्यक रहेको उल्लेख गरे ।
विधेयकको मुख्य उद्देश्य फोहोरमैलाका कारण मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्नु रहेको छ ।
त्यस्तै, चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसात् गर्दै फोहोरमैला प्रशोधन गरी त्यसलाई स्रोत सामग्रीका रूपमा उपयोग गर्ने कानुनी आधार तयार पार्ने लक्ष्य पनि विधेयकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया