काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित आउने बताएका छन् ।
संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै थापाले संविधानका केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधान संशोधन गर्दा त्यसका मूल्य र मान्यतालाई कमजोर नभई थप विस्तार गर्ने गरी अघि बढ्ने बताए ।
थापाले संविधान संशोधनका लागि आवश्यक साहस र स्पष्टता पनि महाधिवेशनबाट ल्याउने बताए ।
उनले महाधिवेशनलाई पार्टीभित्रको तिक्तता र विभाजन बढाउने माध्यम नबनाउन पनि आग्रह गरे। विगतमा भएका घटनालाई वडा अधिवेशनकै क्रममा बिर्सेर आपसी सम्बन्ध सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
थापाले पछिल्ला केही महिनामा पार्टीभित्रका घटनाका कारण केही विषयमा मतभेद देखिए पनि महाधिवेशनमा एउटै धारणा बनाएर जाने प्रयास भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया