सिंहदरबारभित्रै रास्वपा सांसदको गाडीलाई यूएनडीपीको कारले ठक्कर दिएपछि…

लोकपथ
0
Shares

काठमाडौं । प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कार दुर्घटना भएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको हो ।

बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद भण्डारीको वाग्मती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सांसद भण्डारीको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?