काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मग्रान्तीले गत २९ भदौमा काठमाडौंस्थित एक घरबाट सुनका गरगहना चोरी गरेका थिए । चोरीको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोही दिन साँझ उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १३८ ग्राम बराबरका सुनका गरगहना बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया