काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विकास ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा नियुक्त गरेको छ ।
बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढी अनुभव भएका ढुंगानाले यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।
ढुंगानासँग रणनीतिक योजना, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र डिजिटल प्रविधिको प्रयोगसम्बन्धी अनुभव छ ।
बैंकले उनको अनुभव र दक्षताबाट संस्थाको व्यवस्थापन, आन्तरिक प्रणाली तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले अनुभवी व्यवस्थापकीय जनशक्ति थपिएसँगै संस्थागत विकासले गति लिने बताएका छन् ।
ढुंगानाको नियुक्तिले बैंकको व्यावसायिक विस्तार र सेवाग्राहीलाई आधुनिक तथा प्रविधिमैत्री सेवा प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया