काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुन तोलामा तीन लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख एक हजारमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा ४६ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया