सुनसरी । सप्तकोशी नदीको जल सतह मंगलबार बिहान ११ः१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ ।
कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११ः१५ बजे सप्तकोशीमा एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गएरातिको तुलनामा कम हो ।
हाल सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानीको बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि ब्यारेजका २६ वटासम्म ढोका खोलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया