काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सोमबार उनीहरूबीच फोनमा कुराकानी भएको हो । रास्वपाका अनुसार विदेशमन्त्री रुबियोले लामिछानेलाई फोन गरेका थिए ।
वार्ताका क्रममा रुबियोले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता जनाएका थिए ।
लामिछानेले नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए । उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षामा पनि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया