बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

लोकपथ
0
Shares

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै सेयर निष्काशन गरिसकेको थियो । त्यसपछि आईपीओको दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो ।

कम्पनीले कुल १ अर्ब ४ करोड रुपैयाँको जारी पुँजीको २० प्रतिशत सेयर निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ ।

यसअघि जारी पुँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २० हजार ८०० कित्ता कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरिसकिएको छ ।

अब बाँकी ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असोज ५ गतेसम्म म्याद थप गर्न सकिनेछ ।

आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापन एनएमबि क्यापिटलले गरेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमा आबद्ध नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?