बाढी प्रभावित क्षेत्र पुगे राष्ट्रपति रामचन्द्र पौडेल

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएको पौडेलको सचिवालयले जनाएको छ ।

पौडेलले बाढी प्रभावितलाई राखेको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?