काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् ।
दसैंको टीका लगाउन शनिबार देउवा निवास पुगेका महर्जनलाई देउवाले ‘नेपालमै पहिलो हुनुभयो, बधाई छ’ भन्दै बधाई दिएका हुन् ।
महर्जनका अनुसार उनी हरेक वर्ष दसैंमा देउवाको हातबाट टीका लगाउन जाने गर्छन् । यस वर्ष पनि टीका लगाउन जाँदा देउवाले आफूलाई बधाई दिएको उनले बताए ।
‘उहाँ निकै खुसी हुनुभयो । नेपालमै पहिलो हुनुभयो, बधाई छ है भन्नुभयो,’ महर्जनले भने ।
हालै सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महर्जन खुला केन्द्रीय सदस्यतर्फ ७७ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएका थिए । उनको जितलाई लिएर देउवाले खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया