बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोटतर्फ हिँडे प्रधानमन्त्री बालेन, पूर्वाधारमन्त्री पनि साथमा

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री बालेनसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन् । उनीहरू बिहान करिब ९ः३० बजे काठमाडौंंबाट सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न र क्षतिको निरीक्षण गर्न उनीहरू नुवाकोट गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?