छिमेकी देश भारतले पठायो राहत सामग्री

लोकपथ
0
Shares

काठमाडौं । छिमेकी देश भारतले नेपालका लागि राहत सामग्री पठाएको छ ।

बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको छ ।

अन्तराष्ट्रिय समुदायबाट भारतले पहिलोपटक राहत सामग्री पठाएको हो ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिएका छन् ।

विपद्बाट परेको कठिन अवस्थामा भारत नेपाल र नेपाली जनताको पक्षमा उभिएको समेत बताएका छन् ।

त्यसो त आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग फोन सम्पर्क गरी आवश्यक सहयोग गर्ने बचन दिएका थिए ।

उत्तरी सीमाना तिब्बतबाट आएको बाढीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?