काठमाडौं । विद्युतीय सवारी निर्माता नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
नामी बक्स सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको थियो । आकर्षक डिजाइन, विभिन्न रङ, राम्रो रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण यो नेपाली बजारमा लोकप्रिय बनेको कम्पनीको भनाइ छ ।
हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामीका विद्युतीय सवारी सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । यसबाट नेपालमा नामीको बजार उपस्थिति बलियो बनेको कम्पनीको दाबी छ ।
नामी भिगोइ२ सार्वजनिक गरेपछि कम्पनीले अब नयाँ नामी बक्समार्फत आफ्नो विद्युतीय सवारीको दायरा विस्तार गर्न लागेको हो ।
नयाँ नामी बक्सका फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शो २०२६ मा सार्वजनिक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया