वीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ. मास ५’ सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौैं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ ।

यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ । नेपालमा प्रोटोन ब्राण्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ ।

प्रोटोनले आफ्नो बजार विस्तारलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वी नेपालको बिर्तामोडमा दशैंअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ । बिर्तामोडको सोरुम सञ्चालनमा आएपछि नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्नेछ ।

हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को उपाधि जित्न सफल प्रोटोन इ।मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा उपलब्ध छन् । त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिककरण समारोहमा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले वीरगञ्ज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण र दिगो यातायातप्रतिको विश्वासलाई प्रतिबिम्बित गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले भने, ‘प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज मधेश प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जका ग्राहकहरूमाझ प्रोटोन इ।मास ५ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ।मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइमा पर्नेमा हामी विश्वस्त छौँ ।’

भक्तपुरबाट सुरु भएको इ।मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै आज वीरगञ्जसम्म पुगेको छ । यससँगै नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ।मास ५ लाई ग्राहकहरूमाझ पुर्‍याउँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा स्थापित गर्ने हाम्रो अभियानलाई थप विस्तार गरेको कम्पनीले जनाएको छ ।

प्रोटोन इ।मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । वीरगञ्जमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य ३६।९९ लाख निर्धारण गरेको जनाएको छ ।

इच्छुक ग्राहकहरूले वीरगञ्ज बाइपास रोडस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इ।मास ५ तथा इ।मास ७ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । ग्राहकहरूले सोरुममै पुगेर गाडीका आधुनिक प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

नेपालभर प्रोटोनको उपस्थितिलाई थप विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने जगदम्बा मोटर्सको अभियानअन्तर्गत वीरगञ्जमा नयाँ सोरुमको शुभारम्भलाई अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको कम्पनीले जनाएको छ ।

आगामी दिनमा बिर्तामोडमा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुर्याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?