काठमाडौं । भायनेट कम्युनिकेशन ‘पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६’ को आधिकारिक इन्टरनेट पार्टनर बनेको छ ।
भायनेटले प्रतियोगिताका लागि आवश्यक इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले यस साझेदारीमार्फत नेपालमा बढ्दै गएको ई–स्पोर्ट्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने जनाएको छ ।
पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपालको राष्ट्रिय फाइनल आजदेखि काठमाडौंको दशरथ रंगशाला कभर्ड हलमा हुँदैछ । फाइनलमा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
भायनेटका अनुसार नेपालमा गेमिङ मनोरञ्जनमा मात्र सीमित नरही प्रतिस्पर्धा, समुदाय र करियरको सम्भावनासँग जोडिन थालेको छ । यही कारण कम्पनीले ई–स्पोर्ट्सलाई युवासँग जोडिने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ ।
कम्पनीका अनुसार भायनेट वाईफाइ ६ उच्च क्षमताको इन्टरनेट आवश्यक पर्ने गेमिङ, भिडियो हेर्ने, घरबाट काम गर्ने तथा एकैपटक धेरै उपकरण चलाउने कामका लागि उपयोगी छ ।
ई–स्पोर्ट्सप्रति युवाको आकर्षण बढ्दै गएकाले भायनेटले आगामी दिनमा पनि यस क्षेत्रमा आफ्नो सहभागिता बढाउँदै लैजाने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया