काठमाडौं । शाओमीले नेपाली बजारमा नयाँ रेडमी १७ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले रेडमी १७ र रेडमी १७ फाइभजी गरी दुई मोडल बजारमा ल्याएको हो । लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी यी फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएच ब्याट्री हो । ठूलो ब्याट्रीका कारण लामो समयसम्म भिडियो हेर्न, गेम खेल्न तथा फोनको अन्य काम गर्न सकिने कम्पनीको दाबी छ । फोनमा ४५ वाट टर्बो चार्जिङ र २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ । रिभर्स चार्जिङमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी अन्य उपकरण चार्ज गर्न सकिन्छ ।
दुवै मोडलमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट छ । यसले स्क्रोलिङ, गेमिङ तथा भिडियो हेर्दा सहज अनुभव दिने कम्पनीको भनाइ छ ।
रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर राखिएको छ भने रेडमी १७ फाइभजीमा स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । दुवै फोन हाइपरओएस ३ मा चल्छन् । साथै, मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्याम विस्तार गर्न सकिने सुविधा पनि छ ।
क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेलको एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । डुअल(भ्यू भिडियो रेकर्डिङ, डुअल स्टेरियो स्पिकर र ३०० प्रतिशतसम्म भोल्युम बुस्टजस्ता सुविधा पनि फोनमा छन् ।
त्यस्तै, ३।५ एमएम हेडफोन ज्याक, एनएफसी र आईपी६४ रेटिङ पनि उपलब्ध छ । फोनको तौल २३२ ग्राम रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा मूल्य
रेडमी १७ चार रंगमा उपलब्ध छ । यसको ४ जीबी/१२८ जीबी भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ र ६ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, रेडमी १७ फाइभजीको ४ जीबी/१२८ जीबी भेरियन्ट ३३ हजार ९९९ रुपैयाँ, ४ जीबी/२५६ जीबी ३७ हजार ९९९ रुपैयाँ र ६ जीबी/२५६ जीबी भेरियन्ट ४१ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया