ह्वावे वाच फिट ५ प्रो नेपाली बजारमा, खरिदमा फ्रिबड्स एसई-२ निःशुल्क

लोकपथ
14
Shares

काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन र स्वास्थ्य तथा फिटनेस निगरानी सुविधासहितको नयाँ स्मार्टवाच ‘ह्वावे वाच फिट ५ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । ह्वावेको नेपालस्थित आधिकारिक वितरक कल मोबिलिटी प्रालिले स्मार्टवाच सार्वजनिक गरेको हो ।

स्मार्टवाचको लन्च अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष अफरसमेत ल्याएको छ । वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने ‘ह्वावे फ्रिबड्स एसई–२’ निःशुल्क प्राप्त गर्नेछन् ।

नेपालमा वाच फिट ५ प्रोको मूल्य ४३ हजार ९९० रुपैयाँ तोकिएको छ । यो ब्ल्याक फ्लोरोइलास्टोमर, ओरेन्ज ग्रे नायलन र ह्वाइट फ्लोरोइलास्टोमर स्ट्र्यापमा उपलब्ध हुनेछ ।

स्मार्टवाचमा १।९२ इन्चको डिस्प्ले छ, जसको बेजल १।८ एमएम मात्र रहेको छ । यसको अधिकतम ब्राइटनेस ३ हजार निट्ससम्म पुग्ने भएकाले प्रत्यक्ष घाममा पनि स्क्रिन हेर्न सहज हुने कम्पनीको दाबी छ ।

फिटनेसतर्फ वाचमा ३० सेकेन्डदेखि केही मिनेटसम्मका निर्देशित व्यायामसहितको मिनी–वर्कआउट मोड छ । त्यस्तै, ट्रेल रन मोडले नेभिगेसन, उचाइ परिवर्तन र अनुमानित आगमन समय देखाउँछ । गल्फ खेलाडीका लागि १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, ग्रिन भ्यु र स्विङ विश्लेषण सुविधा पनि समावेश गरिएको छ ।

स्वास्थ्य निगरानीतर्फ ए–फिब तथा प्रिमेच्योर बिट अलर्ट, ईसीजी, आर्टेरियल स्टिफनेस डिटेक्सन र नाडीको तापक्रम ट्रयाकिङलगायत सुविधा उपलब्ध छन् ।

कम्पनीका अनुसार वाचले हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म ब्याट्री ब्याकअप दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?