काठमाडौं । गूगलले नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ आज औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले मंगलबार नै पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएको छोटो भिडियोमा फोनको बाहिरी डिजाइन, भित्री डिस्प्ले तथा पछाडिको क्यामेरा मोड्युलको झलक देखाइएको छ ।
टिजरअनुसार पिक्सेल ११ प्रो फोल्डको क्यामेरा डिजाइन अघिल्लो पुस्ताको पिक्सेल १० प्रो फोल्डसँग मिल्दोजुल्दो देखिन्छ । यसअघि सार्वजनिक भएका विभिन्न लिक तथा रेन्डरहरूमा पनि नयाँ फोनको डिजाइनमा ठूलो परिवर्तन नहुने संकेत गरिएको थियो ।
नयाँ फोनमा ८ इन्चको भित्री डिस्प्ले र गूगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग हुने बताइएको छ । त्यस्तै, फोनमा ४,८०० एमएएच क्षमताको ब्याट्री रहने र पछाडिको क्यामेरा मोड्युलमा नयाँ ‘पिक्सेल ग्लो’ एलईडी फिचर समावेश हुने अनुमान गरिएको छ ।
रङ विकल्पतर्फ पिक्सेल ११ प्रो फोल्ड पाइन र कालो रङमा उपलब्ध हुने बताइएको छ ।
गूगलले अगस्ट १२ मा आयोजना हुने कार्यक्रममा फोनका सम्पूर्ण प्राविधिक विवरण, फिचर, मूल्य तथा उपलब्धताबारे औपचारिक घोषणा गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया