रेडमीले सार्वजनिक गर्‍यो के १०० प्रो र प्रो म्याक्स, के-के छन् नयाँ फिचर ?

लोकपथ
0
Shares

काठमाडौं । साओमीले रेडमी ब्रान्डअन्तर्गत अहिलेसम्मकै ठूलो ब्याट्री क्षमता भएका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार चीनमा रेडमी के१०० प्रो र के१०० प्रो म्याक्स सार्वजनिक गरेको हो ।

रेडमीको नयाँ के१०० सिरिजअन्तर्गत सार्वजनिक गरिएका यी स्मार्टफोनमा उच्च क्षमताको ब्याट्री, उच्च रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले र क्वालकमको नयाँ फ्ल्यागसिप प्रोसेसर दिइएको छ ।

रेडमी के१०० प्रो म्याक्समा ९ हजार ७० एमएएच क्षमताको ब्याट्री रहेको छ भने के१०० प्रोमा ८ हजार ५८० एमएएचको ब्याट्री दिइएको छ । दुवै फोनले १०० वाट वायर्ड तथा ५० वाट वायरलेस चार्जिङ समर्थन गर्छन् ।

लामो समयसम्म प्रयोग गर्न सकिने ठूलो ब्याट्रीसँगै शक्तिशाली हार्डवेयर चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यी स्मार्टफोन ल्याएको जनाएको छ ।

फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । साथै, १ टेराबाइटसम्मको स्टोरेज र १८५ हर्ज रिफ्रेस रेट भएको डिस्प्ले उपलब्ध छ । उच्च रिफ्रेस रेटका कारण स्क्रोलिङ तथा गेमिङ अनुभव थप सहज हुने कम्पनीको अपेक्षा छ ।

रेडमी के१०० सिरिजमा स्न्यापड्रागन ८ इलिट जेन ५ चिपसेट र १६ जीबीसम्मको र्‍याम उपलब्ध गराइएको छ । यसले फोनलाई उच्च प्रदर्शन आवश्यक पर्ने प्रयोगकर्ताका लागि लक्षित गरिएको देखिन्छ ।

कम्पनीका अनुसार के१०० प्रो म्याक्सको ९ हजार ७० एमएएच ब्याट्री साओमी र रेडमीको इतिहासमै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो ।

नेपालमा भने रेडमी के१०० प्रो र के१०० प्रो म्याक्स कहिलेदेखि उपलब्ध हुन्छन् भन्ने विषयमा कम्पनीले हालसम्म स्पष्ट जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?