काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
गृहमन्त्री गुरुङले मधेश भ्रमणका क्रममा भएका गतिविधि र त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीले सुनसरी घटनापछि विकसित भएको अवस्था, हालको सुरक्षा स्थिति तथा आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिबारे पनि गृहमन्त्रीसँग छलफल गरेका छन् ।
गत १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएको थियो। त्यस क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि तनाव अन्य जिल्लामा फैलिँदा सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
गृहमन्त्री गुरुङ दुई दिनअघि मात्र घटनास्थलबाट काठमाडौं फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया