काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार राति उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक-पटक पक्राउ पर्दै आएका छन् ।
प्रहरीले यसपटक पक्राउको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया