‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ : एनआईसी एशिया क्यापिटलद्वारा साक्षरता कार्यक्रम

लोकपथ
42
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३० तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा शुक्रबार वित्तीय साक्षरता बढाउने उदेश्यले उक्त कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले Word Investor Week, 2026 को Primary Themes Investor Resilience, Digital Deception and Scam Alert” र Complementary Themes “Basis of Investing and Young Investor & Next Generation” मा आधारित भएर “Invest in Your Future, Protect it Today” नारा सहित विद्यार्थी जीवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको स–सानो रकम कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराएका थिए ।

साथै उनले धितोपत्रको प्राथमिक तथा दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, SIP आदिमा लगानी गर्ने प्रकृयाका सहित दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराईएको थियो ।

उक्त कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरु तथा प्रध्यापकहरुको सहभागितामा मुद्रा बजार उपकरण तथा पूँजी बजारको पछिल्लो अवस्था र लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा विस्तृत छलफल तथा अन्तरकृया गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढी युवा विद्यार्थी, प्रध्यापकज्यूहरु लगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

एनआईसी एशिया क्यापिटलले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?