सप्तरीमा आज बिहान ७ देखि ११ बजेसम्म कर्फ्यू खुकुलो

लोकपथ
0
Shares

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्न आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यू खुकुलो बनाएको छ ।

प्रशासनले तोकिएको समयभित्र आवश्यक सामान खरिद गर्न र त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

त्यसैगरी, प्रशासनको अनुमति लिएर सद्भाव र्‍याली सञ्चालन गर्न पनि सो अवधिमा कर्फ्यू केही खुकुलो गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कर्फ्यू खुकुलो गरिएको समयमै पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर हुलदंगा, अशान्ति वा उच्छृंखल गतिविधि गरे कानुनअनुसार कारबाही गरिनेछ ।

सप्तरीको बोदेबरसाइनमा साउन १४ गते राति १० बजेदेखि र राजविराजमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यू आदेश लागू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?