सिरहामा गोली लागेर एक जनाको मृत्यु

लोकपथ
826
Shares

काठमाडौं । सिरहामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गोली प्रहारबाट गणेश यादवको मृत्यु भएको हो ।

बिहीबार दिउँसो सिरहाको गोलबजारमा दुई पक्षबिच झडपको स्थिति सिर्जना भएको थियो ।

दुई पक्षबिच तनाव बढ्न सक्ने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

अहिले त्यहाँ सेना परिचालन गरिए पनि अवस्था असामान्य बन्दै गइरहेको छ ।

केही दिनदेखि सुनसरीमा भएको दुई पक्षबिचको तनावको असर मधेशका जिल्लामा समेत देखिन थालेको हो ।

मधेशका सिरहा र धनुषामा कर्फ्यू आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?