सुनसरीको असर मधेशसम्म, सिरहा र धनुषामा पनि कर्फ्यू

लोकपथ
56
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । सुनसरीमा आइतबारदेखि जारी तनावको असर मधेश प्रदेशका जिल्लाहरुमा पनि देखिन थालेको छ ।

मधेशका जिल्लामा छिटपुट विरोध प्रदर्शन भइरहेका बेला धनुषामा बिहीबार साढे ३ बजेबाट कर्फ्यू लगाइएको छ ।

आज बसेको सुरक्षा समितिको बैठकले धनुषाको विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विभिन्न स्थानमा कर्फ्यू लगाइएको र त्यसको पालना गर्न आग्रह गरेका छन् ।

त्यसो त आजै सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

सुनसरीमा दुई समुदायबिच देखिएको तनावका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?