सुनसरी गोलीकाण्डमा मृत्यु हुनेको संख्या २ पुग्यो

लोकपथ
329
Shares

काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार उपचारका क्रममा देवानगञ्जका २२ वर्षीय जयप्रकाश मेहता को आज विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

यसअघि पनि यही घटनामा आइतबार एक युवाको मृत्यु भइसकेको थियो । देवानगञ्जमा भएको उक्त घटनामा प्रहरीको गोली लागेर ८ जना युवा घाइते भएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?