धर्मको नाममा झारफुक गर्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभारा माता’ पक्राउ

लोकपथ
70
Shares

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले धर्मका नाममा झारफुक तथा हेराई–मनाई गर्ने भन्दै चिनिने ‘पाथीभारा माता’ भनिने समीर थापालाई पक्राउ गरेको छ ।

थापालाई वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकस्थित आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार थापामाथि धर्मका नाममा झारफुक तथा हेराई-मनाई गर्ने बहानामा एक महिलामाथि दुर्व्यवहार गरेको आरोप छ ।

घटनासम्बन्धी फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका बेला स्थानीयवासीले प्रहरीलाई टेलिफोनमार्फत सूचना दिएका थिए । त्यसपछि तत्काल प्रहरी टोली परिचालन गरी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?