व्यक्तिगत खाताबाट १ अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् ।

उनलाई मंगलबार नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा आफ्नै व्यक्तिगत बैंक खाता प्रयोग गरी ठूलो परिमाणमा अवैध हुण्डी कारोबार सञ्चालन गरेको खुलेको हो ।

अनुसन्धानका क्रममा उनको खातामार्फत १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

रिजालमाथि हुन्डी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?