काठमाडौं । काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगा मानेभञ्ज्याङ–५ का २४ वर्षीय दीपक राई रहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन र नगद नेपाली रुपैयाँ बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया