देवानगञ्जमा प्रदर्शन उग्र, सेना परिचालन

लोकपथ
98
Shares

काठमाडौं । स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश उल्लंघन गर्दै सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थिति तनावपूर्ण बनेपछि नेपाली सेनाले बख्तरबन्द गाडीसहित सडकमा गस्ती सुरु गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले देवानगञ्जसहित पाँच स्थानमा सोमबार साँझ ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । तर, स्थानीयले बिहानैदेखि प्रदर्शन जारी राखेका हुन् ।

प्रहरीका अनुसार प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन् । साथै एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड भएको छ ।

आइतबार राति दुई समूहबीच झडप भएपछि क्षेत्रमा तनाव बढेको थियो । त्यसपछि प्रशासनले कर्फ्यु लगाएको हो । अहिले सुरक्षा निकायले अवस्था नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?