नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

लोकपथ
0
Shares

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दीपककुमार साहले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री साहले अपरान्ह राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले आज राजीनामा दिएकी थिइन् । उद्योगीहरुप्रति दिएको विवादास्पद अभिव्यक्तिपछि यादवले राजीनामा दिएका थिइन् ।

नवनियुक्त मन्त्री साह गत फागुन २१ को निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?