काठमाडौं । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा उद्धारको लागि शुक्रबार (भदौ २६) पनि प्रयास जारी छ । आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारी फसेको आंशकामा उद्धारको कार्य जारी छ ।
आयोजनास्थलमा रहेका पूर्वमन्त्री कुलमान घिसिङका अनुसार, उद्धारको लागि स्काभेटर पुग्न अझै १५/२० मिटर बाँकी छ । ‘बिहान साढे ५ बजेदेखि नै उद्धार कार्य भइरहेको छ । उद्धारस्थलको भौगोलिक बनावट अप्ठ्यारो रहेको र खोलाको बाटो हुँदै क्याबिन तथा तारहरू लैजानुपर्ने भएकाले काम अलि जटिल बनेको छ,‘उनले भने ।
पावर हाउसभित्र सुरक्षाकर्मीको टोलीद्वारा निरन्तर काम भइरहेको उनले बताए । ‘पावर हाउसभित्र सुरक्षाकर्मी (आर्मी) लगायतको टोलीद्वारा म्यानुअल्ली (हातैले) खन्ने काम निरन्तर भइरहेको भए पनि धेरै समय लाग्ने देखिएको छ । त्यसैले उद्धार कार्यलाई तीव्रता दिन बाहिरबाट एक्साभेटर ल्याउने प्रयास भइरहेको छ, जुन अब १५–२० मिटर मात्र टाढा छ र बेलुकासम्ममा पुग्ने अनुमान गरिएको छ,’उनले भने ।
घिसिङका अनुसार, यदि आजै एक्साभेटर र लोडर भित्र पुर्याउन सकियो भने एक्साभेटरले ठूलो प्वाल बनाएर बाटो सफा गर्दै लैजाने छ । मान्छे छिर्न सक्ने ठाउँसम्म बाटो बनाएपछि उद्धार कार्य निकै अगाडि बढ्ने र सम्भवतः एक–दुई दिनभित्रै उद्धार कार्य सम्पन्न (क्लियर) हुन सक्ने घिसिङ बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया